मङ्सिर १०, सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले जानकारी दिनुभयो ।
यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्रीको यहीँ मसिर १३ गतेबाट हुने चिन भ्रमण स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।