Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

केबुलकार निर्माणको विषयलाई लिएर अवस्था तनावग्रस्त - Brighter Network


कात्तिक २३ गते । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयलाई लिएर तनावग्रस्त अवस्था सिर्जना भएको छ। केबुलकार निर्माण पक्ष र विराेध गर्ने पक्षबिच तनाव उत्पन्न भएको हो । 


झडप हुँदा केबुलकार निर्माणविरुद्ध रहेका चन्द्र मादेनसहित पाँच जना घाइते भएका छन् । झडपमा घाइते हुनेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुई पक्षबिच झडप हुँदा ढुङ्गा लागेर सुरक्षाकर्मीसमेत सामान्य घाइते भएका छन् ।


निर्माण क्षेत्रमा एक्साभेटर मेशिन लैजाने क्रममा झडप भएको हो । केही समयको झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । अहिले स्थिति सामान्य रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । केबुलकार निर्माण स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom