मङ्सिर ७ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बालाई अख्तियारको टोलीले घुससहित शुक्रबार पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुब्बा अशोककुमार यादवलाई २० हजार रुपियाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।
प्रशासनका नासु यादव विनाघुस कुनै पनि काम नगर्ने गुनासोको आधारमा निगरानीमा रहेका उनलाई शुक्रबार दिउँसो घुस रकमसहित पक्राउ गरिएको हो ।
आयोगले नासु यादवलाई पक्राउ गरी अनुसन्धानका लागि कागजपत्र समेत नियन्त्रणमा लिएको छ । नासु यादवमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।