प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठको कमान्डमा खटिएको प्रहरी टोलीले शुक्रवार राति साढे १ बजेतिर उनीहरूलाई पक्राउ गरेको हो । जुवाडेका साथबाट दुई लाख ७२ हजार तीन सय ३५ रुपैयाँ सहित कौडा सेट बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो ।
विशेष सूचनाको आधारमा रकमसहित जुवाडे पक्राउ गरीएको प्र नाउ वास्तवको भनाई छ । जुवाडेहरूलाई सदरमुकाम बेसीशहर देखिनै प्रहरीले पच्छाउँदै गएको थियो ।
गाउँ हरबाट जुवाडेलाई पक्राउ गरी शनिवार बिहानीपख ४ बजेतिर जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो । पक्राउ परेकाहरु विरुद्ध जुवासम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाइने र तिहार बिदापछि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी मुद्दा अघि बढाइने लमजुङ प्रहरीले जनाएको छ ।