Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पृथ्वी राजमार्ग दैनिक चार घण्टा बन्द हुने - Brighter Network


मङ्सिर १ गते । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक बिस्तार अन्तर्गत काम गर्न दैनिक चार घण्टा सडक बन्द हुने भएको छ । राजमार्गको दमौली–डुम्रे खण्ड रातको समयमा चार घण्टा बन्द हुने सडक विस्तार आयोजनाको पूर्वीखण्डले सूचना जारी गरी बन्द हुने जनाएको छ । 


सडक विस्तारका लागि व्यास नगरपालिका–१२ छिर्कनदेखि देउरालीसम्ममा भित्तो खार्नुपर्ने कामका लागि मङ्सिर ३ गते देखि २३ गतेसम्म राति ११ बजे देखि १ बजेसम्म गरी दुई घण्टा सडक पूर्ण रूपमा बन्द गरिने सूचनामा उल्लेख गरिएको छ । 


त्यसपछि १ बजे देखि १ः३० बजेसम्म गरी आधा घण्टा सडक आवागमन खुल्ला हुनेछ । बिहान २ बजे देखि ४ बजेसम्म पुनः दुई घण्टा गरी चार घण्टा बन्द हुने आयोजना प्रमुखले जारी गर्नुभएको सूचनामा उल्लेख छ । सडक निर्माण कार्यलाई तीव्रता दिनका लागि यस सडक खण्डमा सवारी आवत–जावतमा रोक लगाइएको जनाइएको छ । 


यात्रुलाई समस्या कम होस् भनेर सवारी चाप कम हुने समय रातमा बन्द गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । अत्यावश्यक एम्बुलेन्सलाई भने विशेष व्यवस्था गरी सवारी पास गरिने उहाँले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom