उनीहरू लेक लागेर बिरामी समेत परेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख सुमन घिमिरेले जानकारी दिनुभएको छ । उनीहरूको उद्धारका लागी हेलिकप्टर समेत पाएको तर हिजो दिनभरीको प्रयासमा पनि उद्धार गर्न नसक्दा थप समस्या आएको हो ।
२७ जना मध्ये दुई जना गम्भीर बिरामी परेको खबर आएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा उनीहरूको उद्धार गर्न नेपाली सेनको हेलिकप्टर पठाइएको पनि जानकारी प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
उनीहरूको उद्धारका लागी नेपाल प्रहरीसहित स्वास्थ्यकर्मीहरूको टोली पनि सो क्षेत्रतर्फ पठाईसकेको जानकारी स्थानीय प्रशासनले दिइएको छ ।
पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले डिभिजन बन कार्यालय धादिङ र रुबीभ्याली गाउँपालिकाको २७ जनाको टोली रुबीभ्यालीको पाङ्साङ पास हुँदै सो क्षेत्रको भ्रमणमा गएका हुन् ।