Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाको भिरकोटले सुत्केरी भैँसी पोषण भत्ता उपलब्ध गराउने - Brighter Network


कात्तिक १६, स्याङ्जाको भिरकोट नगरपालिकाले सुत्केरी भैँसी पोषण भत्ता उपलब्ध गराउने भएको छ । 

पालिकाका  प्रत्येक सुत्केरी भैँसीका लागि कृषकलाई तीन हजार  रुपियाँ पोषण भत्ता प्रदान गराइने  नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न, पशुको स्वास्थ्य सुधार र गाउँमै स्वस्थ दूध उत्पादनलाई प्रोत्साहन गर्नका लागि यो कार्यक्रम ल्याइएको प्रमुख कर्माचार्यले बताए ।

उनले  अनुगमनका लागि पालिकाले निरीक्षणको प्रावधान राखेको र  भत्ता दिइनु अघि भैँसीको वास्तविकता मूल्याङ्कन गरिने बताउँदै  कृषकले   भत्ता प्राप्त गर्न निवेदनसहित  वडाको सिफारिस, टोल मुचुल्का, नागरिकताको फोटोकपी, सुत्केरी भैँसी पाडीको फोटो र बैङ्क खाताको चेकको प्रतिलिपि बुझाउनुपर्ने बताए  । 

पालिकाले आर्थिक वर्ष ८१-८२ मा यस कार्यक्रमका लागि १० लाख रुपियाँको बजेट विनियोजन गरिएको छ । 

यस कार्यक्रमले स्वस्थ दूधको आपूर्ति बढाउने, ग्रामीण क्षेत्रमा स्वच्छ र पौष्टिक दूध उपभोक्तालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको पालिकाले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom