Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एमालेबाट निलम्बित पूर्व मन्त्री लीला वल्लभ विराटनगरबाट पक्राउ - Brighter Network


कात्तिक २५ गते ।प्रहरीले मानव तस्करीमा मुछिएका कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लभ अधिकारीलाई पक्राउ गरेको छ ।


उहाँलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँलाई आजै काठमाडौँ ल्याउने तयारी छ ।


अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो । उक्त आरोप लगत्तै उहाँले मन्त्री पदबाट राजीनामा समेत दिइसक्नुभएको छ ।


तत्कालीन मन्त्री अधिकारीको नेतृत्वमा चार जना युवा आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान उड्नु भएको थियो ।


अधिकारीसँग रहेका तीन युवालाई जापानबाट भगाउने गिरोहको योजना रहेको थियो । तर टोकियोको विमानस्थलस्थित अध्यागमनले प्रवेश नदिएपछि चारै जना अध्यागमनबाटै फिर्ता भएका थिए ।


उनीहरूमध्ये तीन जनालाई मात्र विमानस्थल अध्यागमनले अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।


जापानबाट फिर्ता गरिएका युवाले प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएका छन् । उनीहरूमाथि पछिल्लो समय जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।


अधिकारीलाई शनिवार बसेको एमालेको कोसी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको सङ्गठित सदस्यबाट निलम्बन गरेको थियो ।


शनिवारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom