प्रहरीले मंगला गाउँपालिका –२ कि २३ वर्षीय पूर्णा बिकलाई एक हजार एकसय ९३ थान लागु औषधसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) सागर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार लागुऔषध डाइजेपाम तीनसय ९८ एम्पुल, फेनेर्गन तीनसय ९७ एम्पुल र बुप्रेनोर्फिन तीनसय ९८ गरी कुल एक हजार एकसय ९३ थान लागु औषधसहित मानिस गिरफ्तार गरिएको हो ।
लागु औषधसहित गिरफ्तार गरिएकी बिकलाई लागु औषधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
५७ वर्षीय खडकबहादुर बिकको घरमा उहाँकी २३ वर्षीया छोरीले लागु औषध लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरीले लागु औषधसहित मानिस गिरफ्तार गरेर अनुसन्धान थालेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।