Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा यात्रुबाहक बस रुखमा ठोक्कियो - Brighter Network


मंसिर २५ गते । काठमाडौँबाट धनगढीका लागि छुटेको बस सोमवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका –८ मगुवामा दुर्घटना भएको छ। सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो।


बसमा २४ जना सवार रहेकोमा दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। बसचालक कैलालीको गोदावरी नगरपालिका–१ का ३६ वर्षीय रामबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Top Post Ad

post bottom ads

 


Ads Bottom