Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अर्जुनचौपारी पोखरा सहकारी र अ.चौ. पोखरा सम्पर्क समाजको संयुक्त आयोजनामा सहकारी शिक्षा कार्यक्रम सम्पन्न - Brighter Network


पोखरा,  अर्जुनचौपारी पोखरा बचत तथा ऋण सहकारी संस्था र अर्जुनचौपारी पोखरा सम्पर्क समाजको संयुक्त आयोजनामा आज पोखरामा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहकारी प्रणाली र यसको प्रभावकारी व्यवस्थापनबारे जानकारी प्रदान गरियो।

कार्यक्रमका अध्यक्ष डा. भवानी शङ्कर पौडेलले सहकारी अभियानले समुदायको आर्थिक र सामाजिक विकासमा पुर्‍याएको योगदानबारे चर्चा गर्दै सदस्यहरूलाई सहकारी सिद्धान्त र आचरणलाई आत्मसात् गर्न आग्रह गर्नुभयो।

प्रमुख अतिथि उमाकान्त पौडेलले सहकारीको पारदर्शिता र प्रभावकारिताबारे महत्त्वपूर्ण सुझाव दिनुभयो। कार्यक्रममा अतिथिको स्वागत मन्तव्य अर्जुनचौपारी पोखरा सम्पर्क समाजकी अध्यक्ष जमुना काफ्ले चापागाईँले गर्नुभएको थियो।

कार्यक्रम दुवै संस्थाका सचिव गोविन्द सापकोटाले सञ्चालन गर्नुभएको थियो भने ५३ जना सहभागीहरूले सहकारीका विभिन्न पक्षबारे छलफल गरेका थिए। सहभागीहरूले कार्यक्रमलाई उपयोगी र जानकारीमूलक भएको प्रतिक्रिया दिएका छन्। सो कार्यक्रममा  गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयकी शाखा अधिकृत ईश्वरी ढकालले प्रशिक्षण गर्नुभएको थियो । 

उक्त कार्यक्रममा सद्स्य दुर्गा गिरिले सहकारीका ७ सिद्धान्त वाचन गर्नुभएको थियो ।

कार्यक्रमले सहकारी अभियानलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom