Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ - Brighter Network


पुस ८ गते । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले वराहक्षेत्र नगरपालिका-१ बस्ने वर्ष ४४ को मन बहादुर राई र वर्ष ४२ को राजेन्द्र राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 


इलाका प्रहरी कार्यालाय महेन्द्रनगर र चतराबाट गएको प्रहरीको टोलीले सुमन राईको भान्सा घरभित्रबाट मृगको मासु जस्तो देखिने ५ केजी मासुसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 


पक्राउ परेका दुई जनालाई इलाका प्रहरी कार्यालय महेद्र नगरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो।

Top Post Ad

post bottom ads

Ads Bottom