Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीव्र गतिको फोर्स गाडी सडकको घुम्तीमा ठोक्किएर बजारियो , चालकको अवस्था चिन्ताजनक - Brighter Network


पुस १२ गते । सल्यानमा फोर्स गाडी दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका ५ का २६ बर्षिय नविन रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 


जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ५ भलाखर्कबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु २ ख ६८७८ नम्बरको फोर्स गाडी लाँखर र खैरागार मोडमा दुर्घटना भइ एकसय मिटर तल खसेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिनुभयो ।


उहाँका अनुसार गाडीमा चालक र सहचालक मात्र रहेका थिए । सहचालक भने सकुशल रहेको बताउनुभयो । गम्भीर घाइते रानालाई उपचारका लागि नेपालगञ्ज लगिएको सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom