Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पेन्सन पट्टा बनाइदिने भन्दै घुस लिने शाखा अधिकृत कार्यकक्षबाटै पक्राउ - Brighter Network


काठमाडौँ, पेन्सन पट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिने एक जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गलालबाट खटिएको टोलीले  राष्ट्रिय किताब खाना (शिक्षक) छाउनी मार्ग ताहाचल काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईँलाई नियन्त्रणमा लिएको हो ।

प्रसाईँले पेन्सन पट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले आइतबार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको  छ ।

अख्तियारको विज्ञप्तिमा भनिएको  छ :

''राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईँले पेन्सन पट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गलालबाट खटिई गएको टोलीले निज धनेश्वर प्रसाईँलाई सेवाग्राहीबाट रु.३,००,००० (तीन लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट आज मिति २०८१।०९।१४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।''


Top Post Ad

post bottom ads

Ads Bottom