Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ - Brighter Network


पुुस १२ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित तीन जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ आरुबारी बस्ने ३४ वर्षीय रवि धमला, सङ्खुवासभा, पाँचखपन नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–७ चावहिल बस्ने ३० वर्षीय सन्तोष विक (खाती) तथा रसुवा, उत्तरगया गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर–४ लोलाङ बस्ने ३९ वर्षीय जीतबहादुर तामाङलाई सार्वजनिक गरेको हो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार  स्रोत नखुलेको रकमसहित केही व्यक्तिहरु शङ्कास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यही पुस ९ गते उनीहरुलाई पक्राउ गरीएको थियो । 

पक्राउ परेकामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको छ ।

Top Post Ad

post bottom ads

 


Ads Bottom