Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्रकको ठक्करबाट अस्पताल जाँदै गरेकी पैदलयात्रीको ज्यान गयो - Brighter Network


मङ्सिर ४ गते । दैलेखमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दैलेख बजारको प्रवेशद्वारकै बारुदथान दोबाटोमा लु २ ख ४००८ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्रु नौमूले गाउँपालिका–५ सालकोटकी ४६ वर्षीया अमृता विकको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


पैदल हिँडेर दैलेख अस्पताल जाँदै गरेकी विकलाई विपरीत दिसाबाट आइरहेको उक्त ट्रकले ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक सत्यनारायण चौधरीले जानकारी दिनुभयो । महिला मधुमेह रोगको जाँच गराउन लागि अस्पताल जाँदै गर्दा उक्त दुर्घटना भएको हो ।


ठक्कर दिए भागेका चालकलाई स्थानीयले दिएको हुलिया अनुसार प्रहरीले पक्राउ गरी आवश्यक प्रक्रिया बढाएको छ । ठक्कर दिने ट्रक र अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ बलकोट घरका चालक गणेश दमाई रहेको र उनलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो । 


Top Post Ad

post bottom ads

 


Ads Bottom