Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वैदेशिक रोजगारीको नाममा लाखौँ ठगी गर्ने गिरोहका दुई जना पक्राउ - Brighter Network

 

पुस ३ गते। वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी समेत रहेका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पोल्याण्ड पठाउने भनी छ लाख ३० हजार रुपियाँ ठगी गर्ने ३८ वर्षीय राजकुमार चौधरी पक्राउ परेका छन्।


स्थायी घर धनुषाको गणेशमान चारधाम नगरपालिका–४ भइ हाल काठमाडौं गोकर्णेश्वर बस्ने चौधरीले दुई जनाबाट सो रकम लिइ सम्पर्कबिहीन बनेको प्रहरीले जनाएको छ।


यसैगरी, स्थायी घर धनुषा भएर हाल काठमाडौं बस्ने ३९ वर्षीय रुपेशकुमार चौधरीले सिंगापुर पठाउने भनी १६ लाख रुपियाँ लिइ सम्पर्कबिहीन बनेको प्रहरीले जनाएको छ। 


प्रहरीका अनुसार उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।


 यस्तै, काठमाडौँ जिल्ला अदालत बबरमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भइ फरार रहेका ४० वर्षीय विशाल कुमार चौधरी पक्राउ परेका छन्।


प्रहरीका अनुसार चौधरी काठमाडौं जिल्ला अदालतबाट ५० लाख रुपियाँ बिगो बराबरको मुद्दामा फरार रहेका थिए।


स्थायी घर कञ्चनपुरको साविक गाविस वडा नम्बर ३ घर भइ हाल काठमाडौँ महानगरपालिका वडा नम्बर २९ अनामनगर बस्ने चौधरीलाई शंखमुलबाट पक्राउ परी आवश्यक कारवाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom