Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण - Brighter Network


पुस १४ गते । भक्तपुरको साँगामा हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण भएको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गर्नुपरेको जानकारी दिनुभयो ।


प्रवक्ता शेर्पाले हेलिकोप्टरमा चरा ठोक्किए पनि पाइलट र विमानमा सवार यात्रु सुरक्षित रहेको बताउनुभयो । उक्त विमानमा ६ जना यात्रु सवार थिए ।


उहाँले भन्नुभयो, ‘‘विमानमा अन्य कुनै समस्या नभएको, चरा ठोक्किएका कारण पाइलटले हेलिकोप्टरलाई आकस्मिक अवतरण गर्नुभएको हो । पाइलटसहित विमानमा सवार सबै यात्रु सुरक्षित हुनुहुन्छ ।’’ उक्त हेलिकोप्टर लुक्लाबाट काठमाडौं आउँदै गरेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom