Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पिकअपको ठक्करबाट स्कुटर चालकको ज्यान गयो - Brighter Network


माघ १५ गते । झापाको शिवसताक्षी नगरपालिका  ११ झरना पुलनजिक पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।


मंगलबार  दिउँसो साढे २ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६४५४ पिकअप र विपरीत तर्फबाट आउँदै गरेको प्र १–०१–०१२ प ३३७१ नम्बरको स्कुटर ठक्कर खाँदा दुर्घटना भएको हो। 


दुर्घटनामा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने १९ वर्षीय सुजल अधिकारी घाइते हुनुभएको थियो। घाइते अधिकारीलाई  उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोडमा लैजानसाथ चिकित्सकले मृतक घोषणा गरेको प्रहरीले जनाएको छ।  


ठक्कर दिने पिकअप र  चालकलाई  इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom