पुस २६, पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासमा शुक्रबार साँझ साढे ५ बजे अत्यधिक भारसहितको ट्रकका कारण पुल भाँचिएको छ । पुल भाँचिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प भएको छ ।
वैकल्पिक सडकका रूपमा होङ्सी मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ । दुम्कीबासबाट होङ्सी मार्ग हुँदै करिब १२ किलोमिटरको यात्रा गरेपछि पूर्व-पश्चिम राजमार्गमा निस्कन सकिन्छ । पुलपारिबाट उत्तरतर्फ गएर होङ्सी मार्ग हुँदै निस्कँदा पुलको करिब डेढ किलोमिटर पूर्व निस्किन्छ ।
उक्त डाइभर्सन बनाउन कम्तीमा शनिबार दिउँसोसम्म लाग्न सक्ने कहाबर छ । सडक डिभिजनको टोली फिल्डमा खटिसकेका छन् ।