Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९५ पुग्यो , सयभन्दा घाइते - Brighter Network


पुस २३, तिब्बतको पहाडी क्षेत्रमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३० जना घाइते भएका छन् ।


अमेरिकी भूगर्भ सर्वेक्षणको तथ्याङ्क अनुसार तिब्बतको सिगात्से सहरमा स्थानीय समय अनुसार बिहान ९:०० बजे गएको भूकम्पको ७.१ म्याग्निच्युड र १० किलोमिटर गहिराई थियो ।


भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।


भूकम्प गए लगत्तै चीनले तीन तहको आपतकालीन प्रतिक्रिया प्रणालीलाई सक्रिय बनाउँदै उद्दार तथा राहतका लागि टोली खटाइसकेको जनाइएको छ । 

Top Post Ad

post bottom ads

 


Ads Bottom