परिवार स्रोतका अनुसार बस मालिकले समयमै मृतकलाई क्षतिपूर्ति नदिलाइदिँदा मुद्दाको अन्तिम सुनुवाइमा ढिलाइ हुँदै आएको थियो ।
उनी झन्डै दुई वर्षदेखि थुनामा थिए। २०७९ फागुन २७ गते ओखलढुङ्गाबाट काठमाडौँ आइरहेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना भएको थियो । सो घटनामा ६ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा चालक लालबहादुर पनि घाइते भएका थिए । उनको टाउकामा सिसा रहेको स्रोतले बतायो । जसको उनी उपचार गरिरहेका छन् । दुर्घटनाको केही समय उनी सिन्धुली कारागारमै थुनामा थिए।
लालबहादुरलाई भेट्न श्रीमती विनीता तामाङले तीन बजे कारागार पुगेकी थिइन् । करिब एक घण्टा उनी श्रीमतीसँग गफिएका थिए । भेटमा आँफु सबै राम्रै रहेको बताएका थिए ।
त्यसपछि राति ३ बजे अकस्मात् जेलबाट उनको मृत्युको खबर परिवारसम्म पुग्यो। दिउँसो सामान्य अवस्थामा भेटिएका लालबहादुरको मृत्युबारे आफन्तले शङ्का गरिरहेका छन् । लालबहादुरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ ।