Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कल सेन्टरमा सिआइबीको छापा, अवैध काम गरेको आरोपमा ५३ जना पक्राउ - Brighter Network


पुस २३ गते ।  सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले  दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।


सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो । 


अभियुक्तहरूबाट  ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ ।  

हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom