Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित एक जना पक्राउ - Brighter Network


माघ ६, प्रहरीले ठूलो परिणामको गाजा बरामद गरेको छ । वीरगंज महानगरपालिका–१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित एक व्यक्तिलाई पक्राउ गरेको हो । 


 प्रहरीका अनुसार  मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।


 इलाका प्रहरी कार्यालय पोखरीयासमेतबाट खटिएको प्रहरीले बा.प्र.०३–००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा अनलोड गरी परालको थुप्रोमा लुकाई छिपाई भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom