Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एकाबिहानै यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते , थप विवरण - Brighter Network


माघ २, काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस झापाको धरमपुरमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मे १ ख २५४५ नम्बर प्लेटको बस दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेहरूमा मोरङ विराटनगर ३ बस्ने ५४ वर्षीय गुणा कोइराला, ३२ वर्षीय दिपा निरौला, १७ वर्षीय म्यारी निरौला,३८ वर्षीय निर्मला निरौला,५९ वर्षीय शर्मिला कोइराला, झापा शिवासाक्षी ८ का ३२ वर्षीय टङ्क सिवाकोटी , ३ओ वर्षीय आन्सा फियादें, २१ वर्षीय सुमन लिम्बु, बिर्तामोड ६ बस्ने  ५१ वर्षीय पुष्पलाल अधिकारी,४९ वर्षीय चन्द्रकला अधिकारी र कमल ६ बस्ने ४० वर्षीय शान्तिराम खतिवडा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार  उनीहरू सबैको शरीरका विभिन्न भागमा चोटपटक लागेको र अवस्था खतरामुक्त रहेको छ ।

घटनास्थलमा उद्धार कार्य जारी छ र घाइतेहरूलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । बस चालक मेचीनगर १० का ५४ वर्षीय टिका मेचेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom