Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुर्घटनामा परेर स्कुटर चालक श्रीमानको ज्यान गयो,पछाडी बसेकी श्रीमती घाइते - Brighter Network


पुस १९ गते । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा शुक्रबार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।


सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


दुर्घटनामा घाइते भएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको  छ । 

Top Post Ad

post bottom ads

Ads Bottom