Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

क्रोएसिया पठाइदिने भन्दै रु १५ लाख ठगी गरेको अभियोगमा एक जना पक्राउ - Brighter Network


माघ २,  प्रहरीले वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिने भन्दै रु १५ लाख ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।


पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-२ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “शेर्पाले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट रु १५ लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।” निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

 


Ads Bottom