Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हायस माइक्रो दुर्घटना हुँदा १२ जना घाइते - Brighter Network


माघ ४, बिपी राजमार्गमा हायस माइक्रो दुर्घटना हुँदा १२ जना घाइते भएका छ्न ।


राजमार्गस्थित सिन्धुलीको सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकाको सिमाना कनढुङ्ग्री नजिक काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा ३ ख८४४५ नम्बरको जम्बो हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभएको छ ।


महोत्तरी जिल्लाको लक्ष्मिनिया-३ का सन्जयकुमार महतोले चलाएको हायस सडकको डिभाइडरमा ठोकिएर अनियन्त्रित भई दुर्घटना हुँदा गाडिमा सवार १८ जना मध्ये १२ जना घाइते भएको र बाँकी ६ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।


घाइते मध्ये ५ जनालाई थप उपचारका लागि धुलिखेल रिफर गरिएको र बाँकीलाई खुर्कोट कै सुनकोशी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom