Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यसरी मनाए मगर समुदायले माघे सकराती - Brighter Network


माघ १ गते । काठमाडौँ उपत्यकामा बसोबास गर्ने मगर समुदायले भव्यताका साथ माघे सकराती मनाएका छन् । नेपाल मगर संघले टुँडिखेलमा कार्यक्रमको आयोजना गरेर सकराती मनाएको हो । 


जनसङ्ख्याको दृष्टिकोणले नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति मगर जाति भाषा, भेषभूषा, कला, संस्कृति र चाडपर्वको विविधताले सम्पन्न जाति हो। 


नेपालको प्रायः सबै जिल्लामा बसोवास गर्दै आएका मगरले विभिन्न चाडपर्व भव्यतासाथ मनाउने गर्छन्। माघे सकराती मगर र थारू समुदायको परम्परागत चाड भए पनि माघे सङ्क्रान्तिलाई सम्पूर्ण नेपालीले राष्ट्रव्यापी धुमधामसाथ मनाउने गर्दछन् । 


यसलाई मगर समुदायले माघे सकरातीको नाममा मनाउने गर्छन् ।  यो विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो। सकरातीमा मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ। मगर जातिका कूलदेवता वराहथान हो। त्यसकारण सकरातीमा वराहथानको पूजाआजा हुन्छ। माघे सकराती परापूर्वकालदेखि नै मनाउँदै आएको चाड हो।


मगर समुदायमा माघे सकराती एक हप्ता मनाइन्छ । विशेष दिन सकरातीको दिन मनाइए पनि यसको एक हप्ता अगाडिदेखि नै टाढाका पवित्र स्थलमा गएर सकरातीको तयारीमा जुटेका हुन्छन् । यो चाड चेलिबेटीको पूजा गरेर दानदक्षिणा दिँदै मनाइन्छ। 


चेलीलाई पुज्न माघे सकरातीको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दानदक्षिणा गरी उपहार दिने चलन छ। तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनिन्छ।   

Top Post Ad

post bottom ads

Ads Bottom