Breaking Posts

Type Here to Get Search Results !

बैङ्कमा धितो राखेर ऋण लिएको घर बैङ्कले सुटुक्क लिलाम गरिदिए पछि पीडित आन्दोलित - Brighter network

Top Post Ad



पुस २५, सिरहाको लहानमा आज स्थानीयले पूर्वपश्चिम राजमार्ग अबरुद्ध पारेर आन्दोलन गरे ।


कृषि विकास बैंक लहान शाखाले प्रक्रिया नै छलेर जग्गा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका हुन।

उनीहरूले आज बिहान ११ बजेदेखि २ बजेसम्म चक्काजाम गरे । आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको थियो ।

त्यसक्रममा केही स्थानीय र केही प्रहरी पनि घाइते भएका छन ।

प्रहरीले  १० राउन्ड अश्रुग्यास र ४ राउन्ड हवाई फायर पनि गर्नुपरेको जिल्ला प्रहरी कार्यालय, सिराहका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । अहिले भने स्थिति सामान्य भइसकेको छ ।

लहान नगरपालिका वडा-२ का स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्गमा जोडिएको ७ धुर जग्गा धितो राखी २०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए ।

गत मंसिरसम्ममा किस्ता बापत १९ लाख ९२ हजार ७ सय ७३ रुपैयाँ तिरिसके पनि आफ्नो जग्गा बैंकका कर्मचारीले थाहै नदिई गुपचुप रूपमा लिलाम गरेको पीडित यादवको भनाइ छ । यादवका अनुसार, अहिले उक्त जग्गाको चलनचल्तीको मूल्य १ करोड ४५ लाख रहेको छ।

तर, बैंकले ३५ लाखमै लिलाम गरिदिएको यादव गुनासो गर्छन ।

आफ्नो जग्गाको विषयमा विगत २ महिनादेखि बैंक धाइरहेको भएपनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनु परेको यादवको भनाइ छ ।

post bottom ads

Ads Bottom