Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पेस्तोलसहित दुई जना प्रहरीको नियन्त्रणमा - Brighter Network


माघ ७ गते । धनुषामा सशस्त्र प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेका छन् । धनौजी गाउँपालिका–४, भडरियाबाट एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ । 


सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीका अनुसार धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो र भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पञ्चायत–५ का २१ वर्षीय रुपेशकुमार यादवलाई पेस्तोलसहित पक्राउ गरिएको छ । 


बिओपी धनौजीको सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल नेतृत्वको टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट ९ एमएम बाउनिङ् पेस्तोल बरामद गरेको बताइएको छ । उनीहरूको साथबाट एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने एक राउन्ड गोलीसमेत बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक गिरीले बताउनुभयो । 


पक्राउ परेका दुवै जनालाई थप अनसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom