Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कृषि विकास कार्यालयका प्रमुखको हृदयघातका कारण ज्यान गयो - Brighter Network


पुस २८ गते । कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख राजु भुजको निधन भएको छ । कार्यालयमा काम गरिरहेको समयमा उहाँलाई हृदयघात भएको थियो । 


भुजको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लालबहादुर सुनारले उपचारको क्रममा ५६ वर्षिय भुजको निधन भएको र शव पोष्टमार्टमका लागि आवश्यक जाहेरी दिने लगायतको काम भइरहेको जानकारी दिनुभयो । 


जिल्ला अस्पताल दैलेखका डा. अभिषेक झाले अस्पतालमा लग्नेबित्तिकै अस्पतालमा भएका स्रोत साधन प्रयोग गरिए पनि बचाउन नसकिएको बताउनुभयो । भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेतमा योजना महाशाखामा कार्यरत भुज गत भदौ २१ गते कार्यालय प्रमुखका रुपमा हाजीर हुनुभएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom