Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गोली लागेर साथीको हत्या , रुखबाट लडेर मृत्यु भएको बताउने साथी प्रहरीको नियन्त्रणमा - Brighter Network


माघ ७ गते । दाङमा गोली लागेर साथीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दङ्गिशरण गाउँपालिका –२ कौवाघारी निवासी २५ वर्षीय प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा सोही ठाउँ निवासी २२ वर्षीय छविलाल डांँगी र २७ वर्षीय पुष्पलाल बस्नेतलाई पक्राउ गरेको हो । 


पक्राउ परेका दुबैलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार डाँगीलाई नेपालगन्जबाट र बस्नेतलाई तुलसीपुरबाट शनिबार पक्राउ गरेको थियो । 


प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार पक्राउ परेका अभियुक्तले माघको ३ गते दङ्गिशरण गाउँपालिका –२ स्थित जङ्गलमा शिकार खेल्न गएको समयमा छविलाल डाँगीले बोेकेको बन्दुक ढुङ्गामा चिप्लिएपछि पड्किएर प्रेमलाई लागेको बयान दिएका छन् । 


‘सुरुमा रुखबाट लडेर मृत्यु भएको बताए पनि अनुसन्धानका क्रममा सिकार खेल्न गएको समयमा छविलालले बोकेको बन्दुक पड्किएर अघि हिँडिरहेका प्रेमलाई गोली लागेको दुबै जनाले बयान दिएका छन्’, प्रहरी उपरीक्षक तिमिल्सिनाले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘साथीबिच दुस्मनी थियो वा थिएन, बन्दुक कस्को हो भन्ने अझै खुल्न सकेको छैन ।’ 


सुरुमा रुखबाट लडेर घाइते भएको घरपरिवार लगायत प्रहरीलाई बताए पनि अहिले बन्दुकको गोली लागेर मृत्यु भएको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । 


गोली लागेर गम्भीर घाइते भएका प्रेमको माघको ३ गते बाँकेको नेपालगञ्जस्थित नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको थियो । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा नर्सिङ होम अस्पतालमा उपचारका क्रममा बेलुका साढे ८ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 


प्रहरीका अनुसार घट्ना शङ्कास्पद भएको प्रहरीलाई गोप्य सूचना प्राप्त भएपछि मृतकको भेरी अस्पताल बाँकेमा पोस्टमार्टम गरेर माघ ४ गते शव घर ल्याएर दाहसंस्कार गर्न लग्ने अन्तिम तयारी भइरहेको समयमा प्रहरीले शव नियन्त्रणमा लिएको थियो ।  


अवस्था शङ्कास्पद लागेपछि मृतकको शवलाई पुनः परीक्षणका लागि माघको ५ गते भेरी अस्पताल बाँके पठाइएकोमा पुनः पोस्टमार्टम गर्दा खुट्टाको साप्रालगायत शरीरका विभिन्न ठाउँबाट भरुवा बन्दुकको गोली (छर्रा) फेला परेको थियो ।


प्रहरीले घट्नामा प्रयोग भएको बन्दुक दङ्गिशरण गाउँपालिका –२ राजाकोट सामुदायिक वनमा लुकाई छिपाई राखेको अवस्थामा माघको ५ गते बरामद गरिएको थियो । पक्राउ परेका अभियुक्तउपर कर्तव्य ज्यान र हात हतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको  छ । 

Top Post Ad

post bottom ads

Ads Bottom