Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मालपोत कार्यालयका प्रमुख रसाइलीसहित आठ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर - Brighter Network


माघ ८, विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।


विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आठमध्ये चार जनालाई मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर गरेको हो ।


अदालतले मालपोत प्रमुख रसाइलीलाई एकवर्ष, मानबहादुर चन्दलाई नौ महिना, अग्नीबहादुर शाही र दशरथ मण्डललाई जनही छ महिना कैदको फैसला सुनाएको हो ।


मतियारहरु विन्द्रा रावल, कमलबहादुर रावल, सुनीलवहादुर रावल र विमल रावललाई छ महिना कैद हुने फैसला सुनाएको छ ।


अदालतले दोषी ठहर भएकामध्ये विन्द्रा रावल ज्येष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई एक महिना १५ दिन मात्र कैद बसे हुने फैसला सुनाएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना विरुद्ध रु २४ करोड छ लाख ६९ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom