वीरगन्ज महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले मङ्गलबार सूचना जारी गर्दै चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकुल प्रभावलाई ध्यानमा राख्दै पुस २४ गतेदेखि पुस २६ गतेसम्म महानगर क्षेत्रभित्रका विद्यालयहरूमा जाडो बिदा दिइएको जानकारी दिनुभएको हो ।
विद्यार्थीलाई गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण बनाई विद्यालयहरूको प्रशासनिक कार्य भने नियमित रूपमा सञ्चालन गर्न महानगरद्वारा जारी सूचनामा भनिएको छ ।
यो तीन दिने जाडो बिदा वर्षे बिदाबाट कटौती गरिने भएकाले पठनपाठनको कार्य तालिका नियमित गर्न विद्यालयहरूले यसलाई सकारात्मक रूपमा लिन आग्रह सबैमा गरेको छ ।