Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

छ महिनाको अवधिमा १९ अर्बको धानचामल आयात - Brighter Network


माघ १ ७ गते । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा १९ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म २७ अर्ब ४८ करोड ४३ लाख २७ हजार रुपियाँ बराबरको कुल खाद्यान्न (धानचामल, मकै, कोदो र गहुँ) आयात हुँदा आठ अर्ब ६७ करोड ५२ लाख २९ हजार रुपियाँ बराबरको १० करोड ५७ लाख ६० हजार केजी चामल आयात भएको छ । 


सो अवधिमा १० अर्ब ४२ करोड ४४ लाख १७ हजार रुपियाँको २७ करोड ५५ लाख ५७ हजार ८१९ केजी धान आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा विभिन्न मुलुकबाट खाद्यान्न आयात हुने गरेको हो । छ महिनामा सात अर्ब ६० करोड रुपियाँ बराबरको मकै, चार अर्ब ७३ करोड ३९ लाख रुपियाँको कोदो र सात करोड २३ लाख रुपियाँको गहुँ आयात भएको छ । भारत चीन, भियतनाम, थाइल्यान्ड, कोरिया, इटाली, भुटान, ताइवानलगायतका मुलुकबाट नेपालमा चामल आयात हुने गर्छ ।

Top Post Ad

post bottom ads

Ads Bottom