Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारी मात्राको गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा - Brighter Network


माघ ९ गते। मकवानपुर प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको छुट्टाछुट्टै स्थानबाट गाजासहित दुई जनालाई पक्राउ गरेको छ।


इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गा.पा. वडा नं. ८ सिम्पानीस्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधन चेकजाँज गर्ने क्रममा राक्सीराङ गापाको चैनपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ च ००६२ नं.को बोलेरो पिकअप गाडी खानतलासी गर्दा उक्त गाडीबाट गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाडीका चालक मकवानपुर कैलाश गा.पा.वडा नं.४ बस्ने २२ वर्षीय छेटुप थिङ पक्राउ पर्नुभएको हो। उक्त गाडीबाट ८१ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।


यस्तै इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गा.पा वडा न.९ मगरटोलस्थित सडकमा शंकास्पद रुपले हिँडिरहेका सोही स्थानका ५४ वर्षीय दुर्गाबहादुर मोक्तानलाई खानतलासी गर्दा छ किलो गाजा बरामद गरेको छ। दुवै जनामाथि जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।  

Top Post Ad

post bottom ads

Ads Bottom