Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

होटेलको कोठामा एक युवक मृत भेटिए - Brighter Network


पुस २६ गते । मकवानपुरको हेटौंडामा बिहीबार एकजना युवक मृत अवस्थामा फेला परेका छन् । 


हेटौंडा उपमहानगरपालिका वडा १० बसपार्कमा रहेको चण्डीका होटलमा राक्सिराङ गाउँपालिका वडा ४ का २८ वर्षीय सरोज शाह मृत भेटिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चण्डीका होटलको कोठा नम्बर २०१ मा बसेका शाह बिहान अबेरसम्म ढोका नखोलेर बाहिर नआएपछि होटल सञ्चालकले प्रहरीमा खबर गरेका थिए । 


प्रहरीका अनुसार घटनास्थल सुरक्षित राखेर प्रारम्भिक अनुसन्धानको काम भइरहेको छ । पोष्टमार्टम पश्चात् मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ । 


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom