Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा सडक छेउको सोलारको पोलमा मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा दुई युवाले ज्यान गुमाए - Brighter Network


पोखरा, आइतबार भएको मोटरसाइकल दुर्घटनामा परी  पोखरामा २ जनाको मृत्यु भएको छ।


दुर्घटनामा मोटरसाइकल चालक पोखरा २४ कास्कीकोट बस्ने वर्ष २१ का सफल रानाभाट र मोटरसाइकलमा सवार पोखरा ८ सिमलचौर निवासी वर्ष २१ को सुजल अधिकारीको म‌ृत्यु भएको हो ।


आज बिहान पोखरा ६ बैदाम स्थित ३ नं स्ट्रिटमा लेकसाईडबाट शहिदचोकतर्फ आउँदै गरेको ग १३ प ६७१९ नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटनामा परेको कास्की प्रहरीले उल्लेख गरेको छ।


उनीहरु दुबै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।


मोटरसाइकल सडक छेउमा रहेको सोलारको पोलमा ठोकिएर दुर्घटनामा परेको कास्की प्रहरीको भनाको भनाइ छ ।

Top Post Ad

post bottom ads

 


Ads Bottom