थाहा नगरपालिका वडा नम्बर–८ दामगढीस्थित माइला ससुरा अमरबहादुर थिङको छोरीको विवाहको भोज खाई फर्कँदै गर्दा थाहा–७ भट्टी डाँडास्थित पार्वती गोलेको खाजा घरमा चुरोट किनी सोही खाजा घर पछाडि पिसाब गर्न गएको अवस्थामा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भीरबाट अन्दाजी दुई सय मिटर तल खसेर उहाँको मृत्यु भएको हो । प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको कमान्डमा घटनास्थल पुगेको अनुसन्धान टोलीले मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोस्टमार्टमको लागि हेटौँडा अस्पताल पठाउने तयारी गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।