Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरधनीको आँखामा खुर्सानी छर्केर चोरीको प्रयास, प्रतिकारपछि युवक गम्भीर घाइते - Brighter Network

फाइल तस्विर 


फागुन १६ गते, मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित अदुवाबारीमा गएराति घरधनीको आँखामा खुर्सानीको धुलो छर्केर चोरी गर्ने प्रयास गरिएको छ।


अदुवाबारीस्थित ६३ वर्षीय मीनबहादुर भ्लोन र ६४ वर्षीया श्रीमती देवीमाया भ्लोन आफ्नै घरमा खाना खाइरहेका बेला अपरिचित ३५ वर्षीय पुरुषले मीनबहादुरको आँखामा खुर्सानीको धुलो छर्केर चोरी गर्न प्रयास गरेका थिए।


तर, मीनबहादुर र देवीमायाले भान्छामा रहेका सामानले प्रतिकार गर्दा उक्त अपरिचित व्यक्ति गम्भीर घाइते भएको खबर छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, घरधनीको प्रतिकारका कारण ती व्यक्तिका टाउको, मुख र शरीरका विभिन्न भागमा चोट लागेको छ।


प्रहरीका अनुसार चोरीको प्रयास गर्ने व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन। मीनबहादुर र देवीमाया अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेका छन्, उक्त अपरिचित व्यक्तिलाई हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि भरतपुर अस्पताल पठाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom