आइतबार राति १०:३० बजे बागलुङ नगरपालिका–४ ढोडेनीस्थित नदी किनारमा माछा मारिरहेको अवस्थामा पर्वतको जलजला गाउँपालिका–८ का ३४ वर्षीय गोकुल गौतम, ३० वर्षीय किस्मत पुन, ३७ वर्षीय दिलबहादुर मगर र वडा नं. ७ का आर्यन शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट माछा मार्न प्रयोग गरिएको १२ भोल्टको ब्याट्री, सेतो तार बेरिएको आल्मुनियमको स्ट्रिक दुई थान, जालीसहितको कुँडुलो दुई थान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जलचर संरक्षण ऐन, २०१७ अन्तर्गत कारबाहीका लागि सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङमा पठाइएको छ।
प्रहरीले जलचर संरक्षण ऐनअनुसार जलमा विद्युतीय प्रवाह, विष्फोटक तथा विषालु पदार्थको प्रयोग गरेर माछा मार्न निषेध गरिएको उल्लेख गर्दै सर्वसाधारणलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।