Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते - Brighter Network


माघ २३ गते । पाल्पामा बलेरो जिप दुर्घटना भएपछि दुई जना घाइते भएका छन् । बुधबार बिहान साढे ९ बजेतिर पाल्पाको बगनासकाली –८, देउरालीमा लु १ च ५३७२ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।   


कवाडी सामान बोकेर देउरालीदेखि तानसेनतर्फ गइरहेको जिप मोतीगैरा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जिप सडकबाट ५० मिटर तल खसेको स्थानीयले बताएका छन् ।


दुर्घटनामा परी जिप चालक कुशल न्यौपानेसहित दुई जना घाइते भएका छन् । उहाँहरूलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

 


Ads Bottom