Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मःमः सेन्टरमा सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते, केहिको अवस्था गम्भीर - Brighter Network


माघ २४ गते । काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा आज बिहान पौने ९ बजे ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।


भान्सा कोठामा रहेको सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । 


प्रहरीका अनुसार घाइतेहरूलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ग्याँस सिलिन्डर  के कारणले पड्किएको भन्ने अनुसन्धान सुरु गरिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom