Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आफ्नै श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ - Brighter Network


रोल्पा, फागुन १३ - आफ्नै श्रीमतीको हत्या आरोपमा रोल्पाका एक व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन्। त्रिवेणी गाउँपालिका-६, थुम्काका ४० वर्षीय खिमलाल बुढालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो। उनलाई ३२ वर्षीया अस्मिता बुढामगरको हत्या अभियोग लागेको छ।


सूचनाका आधारमा, खिमलालले खुकुरी प्रहार गर्दा अस्मिताको तत्कालै ज्यान गएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय होलेरी तथा प्रहरी चौकी जुगारबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।


प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom