Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पृथ्वी राजमार्गमा आज भएको सवारी दुर्घटना, रुखमा अड्किनाले ठुलो क्षतिबाट जोगियो - Brighter Network



फाल्गुन १३, पृथ्वी राजमार्गमा आज भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएको छ ।


नौविसे गल्छी सडक खण्डमा पर्ने थाक्रे गाउँपालिका स्थित वडा नम्बर २ हुलाक डाँडा भन्ने स्थानमा वीरगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००२ ख १८६८ नम्बरको ट्रक सडकबाट तल खस्दा दुर्घटनामा परी ट्रक चालक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनु भएको छ ।


ट्रकमा चामल, दाल र दाना लोड भएको र के कारणले दुर्घटना भएको हो भन्ने विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाइएको छ । घाइते ट्रक चालकको स्थानीय अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom