Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्कुल बस दुर्घटनाले एक बालकसहित दुई जनाको ज्यान लियो - Brighter Network


माघ २७, काठमाडौँको दक्षिणकालीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।


बा १ क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आज दिउँसो दक्षिणकाली नपा-४ मा दुर्घटना भएको हो ।


दुर्घटनामा परी बसका चालक ३५ बर्षीय रामकृष्ण थापा मगर र ८ बर्षीय विद्यार्थी विपिन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक अपिलराज बोहोराले जानकारी दिनुभएको छ।


बसमा रहेका करिव ६० जना मध्ये अधिकांश घाइतेहरुको काठमाडौँका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरी उपरिक्षक बोहोराको भनाइ छ ।।

Top Post Ad

post bottom ads

Ads Bottom