Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार - Brighter Network

 


नवलपरासी, माघ २९ गते । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।


सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षीया अनिता हरिजन त्रिवेणी व्यारेजबाट नारायणी नदीमा हाम फाल्नुभएको थियो । 


सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको सुरक्षा फौजले उहाँलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उद्धार पश्चात उहाँलाई उपचारका लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom