बाग्मती प्रदेश ०१–००४ क ३३५२ नम्बरको पानी बोक्ने ट्याङ्कर कच्ची सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो।
धादिङ प्रहरीले मृत्यु हुने व्यक्तिहरूको पहिचान अझै खुल्न नसकेको जनाएको छ।
दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धादिङमा लगिएको छ।
ट्याङ्कर भिरमा अड्किएकोले शव निकाल्न कठिनाइ भइरहेको छ। उद्दारकर्मी नारायण कुमार श्रेष्ठका अनुसार, शव निकालिसकेपछि पोष्टमार्टमका लागि गजुरी पठाउने तयारी भइरहेको छ।
सवारी चालक भने सकुशल रहेका छन्। दुर्घटनाको समयमा ट्याङ्कर फर्काउने क्रममा ब्याक गर्दा नियन्त्रण गुमेको र आफू हामफालेर बाँच्न सफल भएको घाइते एक यात्रुले बताएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको छ।