Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भतिजाको कुरुवा बसेका काका अस्पतालको शौचालयमा मृत भेटिए - Brighter Network


माघ २४ गते । कैलालीको धनगढीस्थित नोभा अस्पताल प्रालिको शौचालयमा एक युवक मृत भेटिनुभएको छ । 


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका २५ वर्षीय रविन्द्र राना अस्पतालको चर्पीमा मृत भेटिनुभएको हो । गएराति २ः३० बजेको समयमा युवक चर्पीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । 


प्रहरीका अनुसार आफ्नो डेढ वर्षका भतिजाको कुरुवा बसेका राना राति करिब २ बजेतिर शौचालयमा जानुभएको थियो । उहाँ धेरै बेरसम्म नफर्केपछि अस्पतालका सुरक्षागार्डले ढोका खोलेर हेर्दा राना मृत अवस्थामा भेटिनुभएको थियो । सेती प्रादेशिक अस्पतालमा मृतकको शव परीक्षण भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । 

Top Post Ad

post bottom ads

 


Ads Bottom